काठमाडौँ । प्रभु बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक नपा वडा नं. २ स्थित बालकोटमा शाखा कार्यालय खोली कारोबार सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन भक्तपुर जिल्लाकासांसद महेश बस्नेतले गरेका हुन् । बैंकको बालकोट शाखा कार्यालय उद्घाटन कार्यक्रमको अवसरमा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले समग्र बालकोटबासीको आर्थिक समृद्धिका लागि प्रभु बैंक ग्राहकहरुसँग आवश्यकतानुसार हातेमालो तथा सहकार्य गर्न तयार रहेको उल्लेख गरे ।
तपाईंको प्रतिकृया




