बैंक अफ काठमाण्डु र ज्योति लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डु र ज्योति लाईफ इन्स्योरेन्सबीच सम्झौता भएको छ । बैंक अफ काठमाण्डुले संचालनमा ल्याउन लागेको नयाँ बचत खाता योजना अन्तर्गत खाता खोल्ने ग्राहकहरुलाई जीबन बीमा तथा घातक रोग उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा ज्योति लाईफ इन्स्योरेन्ससँग सम्झौता भएको छ ।

उक्त सेवा अन्तर्गत बैंक अफ काठमाण्डौका ग्राहकहरुको कुनै पनि कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै पनि रोगलागेको प्रमाणित भएमा उपचार खर्च बीमाङ्क वापतको रकम भुक्तानी गरिने छ । सम्झौताबाट बैंक अफ काठमाण्डौका ग्राहकहरुले बैंकिङ्ग सेवाका अतिरिक्त ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको बीमा सेवा निःशुल्क प्राप्त गर्ने छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds