एन आई सी बैंकको बीमा सुविधा सम्बन्धि चमत्कारिक सुविधा

काठमाडौं ।  एन आई सी एशीया बैंकले आफना ग्राहकहरुको सुविधाको लागि बीमा सुविधा सहितको चमत्कारिक बचत योजना सञ्चालन गरेको छ । यो –योजनामा  बैंकले आफना सेवाग्राहीलाई १५ लाख रुपैयाँसम्मको १८ घातक रोगहरुको बीमा सुविधा प्रदान गर्ने भएको छ ।

साथै १५ लाख रुपैयाँ सम्मको दुर्घटना बीमा सुविधा समेत प्रदान गर्ने भएको छ । यसका साथै बैंकले एक लाख देखि ५० हजारसम्म औषधी उपचार सम्बन्धि सुविधा पनि दिने भएको छ । बैंकले कर्जा सम्बन्धी चमत्कारिक फाईदाहरु पनि ल्याएको छ । जसमा कर्जाको ब्याजदरमा बिशेष सहुलियत सुविधा प्राप्त गर्नुका साथै कर्जासँग सम्बन्धित प्रशासनिक शुल्कमा ० दशमलव २५ प्रतिशत सम्मको छुटको व्यवस्था गरेको छ ।

यसका साथै बैंकले मौज्दात अनुसार ५ ग्रामसम्मको सुन २५ ग्रामसम्म चाँदीका सिक्काहरु निक्षेपकर्तालाई प्रदान गर्नेछ । देशभरका रहेको जुनसुकै एटीएम मार्फत रकम निकाल्दा शुल्क नलाग्ने व्यवस्था पनि गरेको छ । एन आई सीले शून्य मार्जिन डिपोजिटमा निःशुल्क लकर सुविधा प्रदान गर्न भएको छ । नेपालमै पहिले पटक स्वाईप ईन, स्पवाईप आउटको सुविधाबाट खाताबाटै मुद्दती खाताको समेत सुविधा लिन सक्ने व्यवस्था गरेको छ। बैंकले होम बैंकिङको सुविधाको साथै अन्य १२ चमत्कारिक फाईदाहरु समेत प्रदान गर्ने भएको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds