ग्रीन डेभलपमेन्ट बैंकको शाखा पोखराको बागमारामा

काठमाडौँ । ग्रीन डेभलपमेन्ट बैंकले पोखरा महानगरपालिका वडा न.-३३ बागमारा पोखरामा शाखा बिस्तार गरेको छ ।उक्त साखा उद्घाटनपोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सीले  गरेका हुन् ।

घरमा रहेको पैसा बैंकमा जम्मा गर्दा रकम सुरक्षित हुने, उत्पादनशील क्षेत्रमा बैंक मार्फत उपयोग हुने तथा ब्याज समेत आर्जन हुने भएकोले बैंकमा रकम जम्मा गर्ने बानी बसाल्न मेयर जि.सीले सबैमा आग्रह गरे ।

 

बैंकले विभिन्न वचत एवं मुद्धति खाताहरुमा आर्कषक ब्याजदर प्रदान गरेको तथा सहज र सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

बैंकले कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखी कर्जा लगानी गर्दै आएको छ भने न्यून आय भएका वर्गलाई लक्षित गरी सामुहिक जमानीमा विपन्नवर्ग कर्जा समेत प्रवाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस