भक्तपुरका व्यापारी झापाको होटलमा मृत फेला

भद्रपुर । काँकडभिट्टास्थित सिभिल होटलमा भक्तपुरका एक व्यापारी भुण्डिएको अवस्थामा मृत फेला परेको छ। उनको मृत्यु रहस्यमय बनेको छ, भने आफन्तजनले हत्या भएको दाबी गरेका छन्।  भक्तपुर निवासी ३७ वर्षीय प्रकाश ढुंगाना सिविल होटलको कोठा नम्बर ३०३ मा भुण्डिएको अवस्थामा शक्रुबार राति साढे ९ बजे फेला परेको हो।

मृतक ढुंगाना पेशाले तयारी पोशाक कारोबार गर्न व्यापारी हुन्। वैशाख ५ गते कामको शिलशिलामा झापा आएका ढुंगाना वैशाख ५ गते सिभिल होटलमा कोठा लिएका थिए। पंखाको हुकमा ब्यागको फिता लगाएर  उनी झुण्डिएको अवस्थामा होटलकै कोठामा मृत फेला परेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जानकारी दिएको छ। उनको शव कोठाभित्रको टेबलमा घुँडा टेकेको अवस्थामा फेला पारेको हो। भुण्डिएको व्यक्ति घुँडा टेकेको अवस्थामा फेला परेकोले उनको मृत्यु प्रकरण रहस्यमय बनेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप