भ्याकुर खाँदा तनहुँमा १० जना बिरामी

तनहुँ । जंगलबाट ल्याएकाे  भ्याकुर खाने क्रममा शुक्रबार बेलुका तनहुँमा १० जना बिरामी परेका छन् ।

व्यास नगरपालिका वडा नं. ६ कलेस्तीस्थित जंगलबाट ल्याएकाे वन भ्याकुर खाँदा बिरामी परेका व्यास १ गल्फुबेशीका १० जनाकाे दमाैली अस्पतालमा उपचार भैरहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक कृष्ण बानियाले जानकारी दिए।

बिरामी हुनेहरूमा ३५ वर्षीया  सिता पहाडी, ३३ वर्षीया खुसी गुरुङ, १२ वर्षीया गिता गोदार, ४० वर्षीय मायाँ राना, ३१ वर्षीया गुनुमाया गुरुङ, ४० वर्षीया चन्द्रकला गुरुङ, ५० वर्षीय मिश्र गोदार, ९ वर्षीया सम्पन्न गुरुङ, ५२ वर्षीय श्रीबहादुर गुरुङ र ३६ वर्षीया माया गुरुङ रहेकाे तनहुँ प्रहरीले जनाएकाे छ । उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे दमाैली अस्पतालले जनाएकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चोरीको मोटरसाइकल कुदाइरहेका विकास काठमाडौंमा पक्राउ

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ बाट चोरीको मोटरसाइकलसहित एकजनालाई ट्राफिक प्रहरीले समातेको छ । काभ्रेपलाञ्चोकको …

प्रतिकृया दिनुहॊस