सनराइज बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत पाटी पुर्ननिर्माणको लागि सहयोग

काठमाडाैँ । सनराइज बैंकले खोकनाको रुद्राद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच ललितपुर क्षेत्र नं ३ का सासंंद् पम्फा भुसाल तथा प्रदेश सभा सांसदहरु जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन लगायतको उपस्थितिमा बैंहले उक्त रकम हस्तान्तरण गरेको हो ।

रकम हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट संचालक ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीहरको उपस्थिति रहेको थियो । नयाँ वर्ष २०७६, सालको शुभकामना आदान प्रदानको क्रममा बैंकले बाजं पाटी पुर्णनिर्माणका निम्ति सामाजिक उत्तरदायित्व अन्त्तर्गतउत्त, रकम सहयोग गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस