काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले आपm्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तिन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले VISA Debit कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ ।
VISA Debit कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट Instant VISA Debit कार्ड सेवा सुविधा सुरु गरेको छ, यस सुविधा अन्तर्गत ग्राहकले VISA Debit कार्ड को निवेदन फाराम बुझाएको दिनमै ग्राहकहरुले तुरुन्त ख्क्ष्क्ब् म्भदष्त कार्ड लिन पाउने छन् ।
त्यसैगरी मुक्तिनाथ VISA Debit कार्ड बाहक ग्राहकहरुले नेपालको जुनसुकै बैंकका ATM बाट विना कुनै अतिरीक्त शुल्कमा रकम झिक्न मिल्ने सुविधा पनि बैंकले थप गरेको छ ।
साथै मुक्तिनाथ Smart बचत बैंकिङ्ग एप बाट Nepal Telecom को नम्बरमा रिचार्ज गर्दा १०% तथा Ncell मा रिचार्ज गर्दा ५% सम्मको टपअप बोनस सुविधा सञ्चालन गरेको छ ।
हाल बैंकले ११४ वटा शाखा तथा २२ वटा ए.टि.ए.मबाट करिब छ लाख ग्राहकलाई बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।



