भ्रमणमा जाँदै गरेकाे मजदुर सवार बस सर्लाहीमा दुर्घटना, ३ जनाकाे मृत्यु, ३१ घाइते

सर्लाही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, बगवानी जंगलमा आज बिहान बस पल्टिँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा ३१ जना घाइते भएका छन्।

काठमाडाैंबाट पूर्वतर्फ जाँदै गरेको बा३ख १३१८ नम्बरको बस पल्टिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। जोशी हाइड्रोपावर सिन्धुपाल्चोकमा काम गर्ने मजदुरहरुले रिजर्भ गरेर भ्रमणमा निस्केको बस पल्टिएको हो।

दुर्घटनामा ज्यान गुमाएका व्यक्ति सुनसरी र मोरङ जिल्लाका रहेका प्रहरीले जनाएको छ। दुर्घटनामा अनिल उराउ, बबी उराउ र श्रीमान्त चौधरीको ज्यान गएको हो।

दुर्घटनामा ‍घाइते भएका ३१ जनामध्ये ४ जनाकाे अवस्था गम्भीर रहेकोले थप उपचारका लागि विराटनगरतर्फ लगिएको छ। सामान्य घाइतेहरुको लालबन्दीका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ। दुर्घटनाकाे थप विवरण आउन बाँकी छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वर्षाले निम्त्याएको बाढी-पहिरोमा परी ११ जनाको मृत्यु, १० बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म ११ जनाको मृत्यु भएको …

प्रतिकृया दिनुहॊस