एलआईसी नेपालको ‘धनवृष्टि’ योजना, जीवन बिमासँगै धनवृष्टि ३–३ वर्षमा

काठमाडौं । “जीवन बीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘धनवृष्टि’ नामक जीवन बिमा योजना बजारमा ल्याएको छ । नया“ वर्ष २०७६ को अवसर पारेर कम्पनीले आयोजना गरेको एक समारोहबीच उक्त ‘धनवृष्टि’ योजनाको सार्वजनिक अनावरण बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले गरेका छन् ।

१३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले यो जीवन बिमा योजना लिन सक्नेछन् । न्यूनतम बिमाङ्क रकम १ लाख कायम भएको छ । त्यसैगरी अधिकतम बिमाङ्कको सीमा बिमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिने कम्पनीले जनाएको छ । यस योजनामा बिमा अवधि १० वा १५ बर्षको हुनेछ ।

१० वर्षे अवधिको बिमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३% रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५% रकम फिर्ता हुँदै जान्छ । बिमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमकोसाथमा बिमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ ।

यदि बिमा अवधिमा बिमितको निधन भएमाबीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बिमाङ्क रकमकोसाथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ । न्युन बिमा शुल्क कायम गरिएको यो ‘धनवृष्टि’ योजनामा अधिकतम् ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् ।

२ वर्षको बिमा शुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बिमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत एल.पी. दासले बिमितले यस बिमा योजनामार्फत विविध क्षेत्रका पेशाकर्मी तथा व्यवसायीहरु जसले जीवन बिमाको साथमा आफ्नो रकममा सजिलो तरलता चाहन्छन् उनीहरुको लागि ‘धनवृष्टि’ योजना अतिउत्तम हुने वताए ।

कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले नयाँ बिमा योजनाको बारेमा प्रकाश पारे । उनले ‘धनवृष्टि’ योजनामा बिमितले ३–३ वर्षमा नै आफुले लगानी गरेको बिमा शुल्कको ठूलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँग रहने र साथमा एलआईसी नेपालको जीवन बिमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ लिन आग्रह गरे ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई …

प्रतिकृया दिनुहॊस