काठमाडौं । सिटिजन्स बैंक र महालक्ष्मी लाइफ इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार ग्राहकहरुले बैंकको कुनैपनि शाखाबाट महालक्ष्मी लाइफ इन्स्योरेन्सको जीवनबीमा गर्न, सोको प्रिमियम रकम बुझाउन, बीमा लेख लिन, दावीभुक्तानी लगायत सम्पूर्ण बीमा सम्बन्धी सेवाहरु लिन सक्नेछन् ।
सिटिजन्स बैंकले देशैभरी ८१ वटा शाखा विस्तारसँगै , ७५ वटा एटिएम। र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवं गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
प्रतिकृया दिनुहॊस