काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ वर्षमा बचत सम्बन्धी नयाँ योजना ल्याएको छ । बैंकले ‘समृद्धसँग जोडौं नाता’ सबै नेपालीको बैंक खाता’ अभियान अन्र्तगत “सबै नेपालीको बचत खाता” शिर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको हो । नेपाल सरकारले शुरु गर्न लागेको अभियानलाई सघाउने उद्धेश्यले बैंक खाता नहुने नागरिकहरुलाई लक्षित गरि ग्लोबल आइएमई बैंकले नयाँ बचत खाता शुरु गरेको हो ।
आगामी बैशाख १ गतेदेखि खोल्न सकिने यो बचत खाता अन्र्तगत खाता खोल्ने ग्राहकलाइ बैंकले १०० रुपैयाँ बोनस स्वरुप खातामा जम्मा गरिदिनेछ।
उक्त खाता बैंकका सबै १३६ शाखा तथा ९ वटा एक्सटेन्सन काउण्टर मार्फत सहजरुपमा नागरिकता, राहदानी, फोटो सहितको मतादाता परिचयपत्र, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतीपत्र अथवा कुनै पनि सरकारी निकायले जारी गरेको फोटो सहितको ग्राहकको परिचय खुल्ने कागजातको आधारमा खाता खोल्न सकिनेछ ।




