एलआईसी नेपालको धनवृष्टि योजना

काठमाडाैँ । “जीवन बीमाको साथमा, धनवृष्टि ३–३ वर्षमा भन्ने योजना सन्देशकासाथ एलआईसी नेपालले धनवृष्टि नामक जीवन बीमा योजना बजारमा ल्याएको छ ।

विहीबार काठमाडौमा आयोजित एक कार्यक्रमका बीच कम्पनीले यो योजना सार्वजनिक गरेको हो । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले योजनाको औपचारिक शुभारम्भ गरे ।

यस योजनामा १३ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । प्रत्येक ३–३  बर्षमा बीमांक रकमको निश्चित रकम फिर्ता हुने यस योजनाको न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै अधिकत्तम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ ।

यस योजनामा बीमा अवधि १० वा १५ बर्षको हुनेछ । १० वर्षे अवधिको बीमा लिंदा हरेक ३ वर्षमा बीमाङ्कको ३३ प्रतिशत रकम फिर्ता हुन्छ भने १५ वर्षे अवधिमा हरेक ३ वर्षमा बीमाङ्कको १५ प्रतिशत रकम फिर्ता हुँदै जान्छ ।

बीमा परिपक्वतामा अन्तिम फिर्ता हुने रकमको साथमा बीमा अवधिमा आर्जित बोनस रकम एकसाथ प्रदान गरिन्छ । यदि बीमा अवधिमा बीमितको निधन भएमा बीचमा धनफिर्ता गरिएको रकम कट्टा नगरी पुरै बीमाङ्क रकमको साथ आर्जित बोनस रकम इच्छाइएको व्यक्तिलाई प्रदान गरिन्छ ।

योजनामा अधिकतम् ७५ लाख रुपैयाँसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । २ वर्षको बीमाशुल्क भुक्तानीपश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।

विहीबार आयोजित कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपी। दासले बीमितले आफनो रकमको तरलता चाहने व्यक्तिको लागि यो योजना उपयोगी हुने बताए ।

यस योजनामा बीमितले ३–३ वर्षमा नै आफुले लगानी गरेको बीमाशुल्कको ठुलो हिस्सा फिर्ता प्राप्त गर्ने हुँदा आफ्नो लगानी रकम आफैसँगै रहने र साथमा एलआईसी नेपालको जीवन बीमा पनि पाइने भएकोले ग्राहकहरुलाई यो ‘धनवृष्टि’ योजना खरिद गर्न आग्रह गरे ।

बारेमा कल्पना शर्मा

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफको सुविधायुक्त ‘डाइनामिक क्यूआर’ सेवा सञ्चालनमा

काठमाडौँ । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमको …

प्रतिकृया दिनुहॊस