मोटरसाइकलसँग ठोक्किएर ट्याङ्कर पल्टिँदा एकजनाको ज्यान गयो

काठमाण्डौ । चोभारमा ट्याङ्कर र मोटरसाइकल ठोक्किएर ट्याङ्कर पल्टिँदा सहचालकको ज्यान गएको छ ।

बिहीबार बेलुकी बा १ ख ८९२४ नम्बरको ट्याङकर र बा २७ प ४२४७ नम्बरको मोटरसाइकल ठोक्किँदा ट्याङकर सहचालक सिन्धुपाल्चोक चौतारा घर भई ललितपुरको सानेपा बस्दै आएका १७ वर्षका सन्देश गिरीको ज्यान गएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलसँग ठोक्किएपछि ट्याङकर सडकबाट झण्डै १ सय ५० मिटर तल खसेको थियो । घाइते मोटरसाइकल चालक टौदहका अजित महर्जनको स्टार अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनापछि फरार रहेका ट्याङकर चालकको खोजि भैरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री