किराना पसलमा आगलागी हुँदा १५ लाखको क्षति

झापा । झापाको झापा गाउँपालिका-४ स्थित किराना पसलमा आगलागी हुँदा करिब १५ लाख मूल्य बराबरको क्षति भएको छ।

बिहीबार राति करिब १२ बजे राजेश गणेशको किराना पसलमा आगलागी भएको हो। आगलागीमा किराना सामान, फर्निचर र नगद १० हजारगरी १५ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय कुमरखोदले जनाएको छ।

प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको र आगलागीको कारण नखुलेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री