सिंहदरवारमा राष्ट्रिय वाणिज्य बैंक छिरेसँगै एभरेष्टको एकाधिकार तोडियो

काठमाडाैं – सिंहदरवारभित्र राष्ट्रिय बाणिज्य बैंकको शाखा खुलेको छ। यसअघि एभरेष्ट बैंकको मात्रै शाखा संचालनमा थियो। सोही शाखाबाट विभिन्न मन्त्रालयको राजश्व संकलन हुँदै आएको थियो।

त्यस्तै सिंहदरवार भित्रका कर्मचारी, सांसद र मन्त्रीको तलब भुक्तानी पनि सोही शाखाबाट हुँदै आएको थियो। अब राष्ट्रिय वाणिज्य बैंकबाट पनि कारोबार गर्नका लागि सहज वातावरण बनेको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए। ‘हामीले कारोबार सुरु गरेपछि एउटै बैंकबाट कारोबार गर्नुपर्ने झन्झट रहेन’ उनले भने।

औपचारिक रुपमा शाखाको उद्घाटन गरिएको छैन, तर सामान्य कारोबार सुरु हुन थालेको श्रेष्ठले बताए। वैशाख १ वा २ गते शाखाको औपचारिक रुपमा उद्घाटन गर्ने तयारी रहेको श्रेष्ठको भनाई छ। ‘धेरै सरकारी कारोबार राष्ट्रिय वाणिज्यबाट हुने गरेको छ, त्यसकारण सिंहदरवारमा शाखा जरुरी थियो’ उनले भने।

‘देशका ७५ वटै जिल्लाहरुमा शाखा पुगेकाले राष्ट्रिय वाणिज्य बैंकको नेटवर्क ठूलो छ’ उनले भने ‘यो शाखापछि बैंकबाट हुने सरकारी कारोबार अझ बढाउनेछ।’ सिंहदरवार शाखासंगै देशभर बाणिज्य बैंकका शाखा संख्या २१८ पुगेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस