काठमाडौं । अजोड इन्स्योरेन्सको बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ ।कम्पनीले रौतहट शाखाको चन्द्रपुरमा चैत्र १९ र २० गते मगंलबार र बुधबारको तालिममा बाली तथा पशुपंक्षी सम्बन्धि बीमा अभिकर्ताको आधारभूत तालिम सम्पन्न भएको हो
तालिमको अवसरमा इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय सिद्धान्त बीमा व्यवसायको वर्तमान अवस्था र चुनौति देखी कृषि बीमाको बिकास र बिस्तार तथा कृषि बीमाको अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका लगायतका विषयमा प्रशिक्षण दिए ।
इन्स्योरेन्सका प्रबन्धक दिपक पोखरेलले बाली तथा पशु पक्षी बीमाको साथै अभिकर्ताको काम कर्तब्य र अधिकार तथा जिम्मेवारीको बिषयमा प्रकाश पारेका थिए ।कार्यक्रममा ५० जना कृषि तथा पशु बीमा प्राविधिकहरुको सहभागिता रहेको थियो ।कार्यक्रमको संचालन रौतहट शाखाका शाखा प्रमुख ओमराज निरौलाले गरेका थिए ।



