सिद्धार्थ बैंकको शाखा तनहुँको दुलेगौँडा र कास्कीको लेखनाथमा

काठमाडौं । सिद्धार्थ बैंकले  दुई नयाँ शाखा संचालना ल्याएको छ । बैंकले तनहुँको दुलेगौँडा र कास्की जिल्लाको लेखनाथमा दुई शाखाहरुको औपचारिक उद्घाटन भएको हो ।

बैंकको दुलेगौँडा शाखाको उद्घाटन गण्डकी प्रदेशका सांसद आशा कोइरालाबाट र लेखनाथ शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङबाट भएको थियो ।

बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले सिद्धार्थ बैंकले   देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १२ सय भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप