राष्ट्रिय बीमा कम्पनीद्वारा हावाहुरी पीडितलाई राहत सामाग्री वितरण

काठमाडाैँ । राष्ट्रिय बीमा कम्पनीले बाराको परवानीपुर गाउँपालिकाका  हावाहुरीबाट प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज आचार्यसहित मुख्य व्यवस्थापक सुवास कोइराला, सुकल्याण पराजुली र शाखा कार्यालय विरगञ्जका कर्मचारीहरुलगायतको टोलीले पीडितहरूलाई खाद्यान्न सामाग्री वितरण गरेका हुन् । कर्मचारीहरुको २ दिनको तलब जम्मा गरेर ५० परिवारको लागि राहत सामाग्री प्रति परिवार १ बोरा चामल, ५ केजी दाल, ५ केजी चिउरा, नुन २ केजी, दालमोठ १ केजीका दरले वितरण गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप