पानी र हावाहुरीले बाराका आँधीपीडितलाई थप कष्ट

बारा । शनिबार बिहानदेखि परेको पानी र हावाहुरीले बाराका आँधीपीडितले थप कष्ट झेल्नु परेको छ । कामचलाउ त्रिपालको छाप्रो र टेन्टहरुमा हावा र पानीले असर पुर्‍याएपछि उनीहरु थप पीडामा परेका हुन ।

पानीकै कारण राहत वितरण कार्य प्रभावित भएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । पानीको कारणकोे त्रिपाल र टेन्ट ढल्दा पीडितहरु ओत लाग्ने ठाउँको खोजीमा भौतारिएका थिए ।

आँधीले असर पु¥याएको ८ स्थानीय तहका गाउँहरुमा प्रहरी, सेना र शसस्त्रको टोलीले टेन्ट र त्रिपालको ब्यवस्थापन गर्न जुटेपछि अवस्था सामान्य बन्दै गएको बाराका प्रहरी उपरीक्षक सानुराम भटराईले बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री