काठमाडौँ । कुमारी बैंकले आफ्नो १८औं वार्षिकोत्सव पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।नेपाल रेडक्रसको सहकार्यमा बैंकको कर्मचारी संघले आफ्नो पुतलीसडक शाखामा आयोजना रक्तदान कार्यक्रममा बैंकका कर्मचारी, सर्वसाधारण र ग्राहकवर्ग सहित ११८ जनाले रक्तदान गरेका छन् ।
बैंकले हालसम्म आफ्ना देशव्यापी ८७ शाखा सञ्जाल, ८३ एटिएम तथा २ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैकिङ्ग सुविधाहरू प्रदान गर्दै आइरहेकोे बैंकले सम्पूर्ण रक्तदाताको अमूल्य योगदानप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी तथा सेवामूलक कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
प्रतिकृया दिनुहॊस