नेपाल बीमक संघमा नयाँ कार्यसमिति चयन

काठमाडौं। नेपाल बीमक संघको बिहीबार सम्पन्न  विशेष साधारणसभाले दीप प्रकाश पाण्डेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

संघको उपाध्यक्षमा लुम्बिनी जनरल इन्स्योरेन्सका सिइओ नुरप्रताप प्रधान चयन भएका छन् । त्यस्तै,महासचिवमा सगरमाथा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री,आइएमई जनरल इन्स्योरेन्सका सिइओ युगेश भक्त बादे श्रेष्ठ कोषाध्यक्षमा पदमा निर्वाचित भएका छन् ।

एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिलबल्लव पन्त, एभरेष्ट इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी कुमार बहादुर खत्री, सानिमा जनरल इन्स्योरेन्स कम्पनीका सहायक महाप्रबन्धक सुवोधलाल श्रेष्ठ र प्रभु इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत संचित बर्जाचार्य संघको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् ।

हाल ४० वटा बीमा कम्पनी रहेकोमा निर्जीवन बीमा कम्पनी २० वटा छन् । जीवन बीमा कम्पनी १९ वटा र एउटी पुर्नबीमा कम्पनी छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित

कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि‍.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds