चेल्सीको सहज जित

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । बुधबार भएको खेलमा चेल्सीले ब्राइटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, इडेन हाजार्ड र रुबेन लोफ्टसले एक एक गोल गरे ।

Loftus-Cheek switched the ball onto his right foot and curled the ball past a helpless Mat Ryan in the Brighton goal

स्टामफोर्ड ब्रिजमा खेलको ३८ औं मिनेटमा जेरूडले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाए । खेलको ६० औं मिनेटमा हाजार्डले गोल गर्दै चेल्सीको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ६३ औं मिनेटमा लोफ्टसले गोल गर्दै चेल्सीलाई ३-० को जित दिलाए ।

जितसंगै पाँचौ स्थानको चेल्सीले ३२ खेलबाट ६३ अंक जोडेको छ । ३३ अंक जोडेको ब्राइटन १५ औं स्थानमा छ ।

The opening goal set Chelsea on their way and Brighton showed very little threat which will disappoint boss Chris Hughton

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री