आईपीएल क्रिकेटमा चेन्नईको पहिलो हार, मुम्बई इण्डियन्स विजयी

काठमाडौं । साबिक बिजेता चेन्नई सुपर किङ्गसले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १२ औं संस्करणमा पहिलो हार व्यहोरेको छ ।

गएराती सम्पन्न खेलमा चेन्नाईलाई मुम्बई इण्डियन्सले ३७ रनले हराएको हो । यो हारसंगै लिगमा एक मात्र अपराजित टोली चेन्नईको यात्रामा समेत पुर्णविराम लागेको छ ।

चेन्नाईले अघिल्ला तीन खेलमा लगातार जित निकालेको थियो ।

मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । उसका लागि केदार जादबले ५८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो ।

उसका लागि सुर्य कुमार यादवले ५९ रन जोड्दा क्रुनाल पाण्डेयले ४२ रन बनाए ।

यो जितसंगै मुम्बईले ४ खेलबाट ४ अंक जोडेको छ । मुम्बई लिग तालिकाको छैटौं स्थानमा रहेको छ । ४ खेलबाट ६ अंक जोडेको चेन्नई दोस्रो स्थानमा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्समा हुने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा …

प्रतिकृया दिनुहॊस