चाडपर्वमा ट्राफिकले मापसे जाँचलाई कडाई गर्ने

ठमाडौँ महाशाखाले दशैँ, तिहार, छठलगायत चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने वताएकाे  छ । चाडपर्वको समयमा धेरै मानिस मापसे गरेर सवारी चलाउने तथा  दुर्घटना धेरै हुने गरेको भन्दै मापसेलाई कडाइ गर्न लागेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले चाडपर्वमा धेरै मापसे सेवन गर्ने र लापबाहीपूर्वक सवारीसाधन चलाउने चालकका कारण ठूल्ठूला दुर्घटना हुनसक्ने कुरालाई दृष्टिगत गरी नियमित मापसे जाँच गर्ने व्यवस्था गरेको जानकारी दिए । उता महाशाखाले सवारीसाधनले बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु हाल्ने, एकै सिटमा दोहोरो टिकट काटिदिने जस्ता अनियमितता रोक्न काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने नाकामा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ ।

महाशाखा प्रमुख खनालले सवारी चालकले सवारी नियम उलंघन गरी सवारी चलाएमा तत्काल ट्राफिक प्रहरी वा नागरिक सहायता कक्षको अधिकृतलाई सम्पर्क गर्न आग्रह समेत गरेका छन् । उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, कलंकी, कोटेश्वर, गौशाला, बल्खु, एयरपोर्ट, सुन्धारा, नागढुंगा, जोरपाटी, माछापोखरी, सातदोबाटोलगायतका मुख्य स्थानमा ट्राफिक महाशाखाले यातायात व्यवस्था विभागसँग मिलेर नागरिक सहायता कक्ष राखेको छ ।महाशाखाले निषेधित गरिएका सवारी गतिविधिलाई नियन्त्रमा लिने र कानूनी कारबाही प्रक्रियालाई तीव्र बनाउने जनाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस