काठमाडौं । राष्ट्रियस्तरकाे ज्योति विकास बैंक र हाम्रो विकास बैंकबीच एकिकृत कारोबार शुरु भएको छ । ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ति गरी ज्योति विकास बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुरु गरेको हो ।
एकिकृत कारोबारको शुभारम्भ नेपाल राष्ट्र बैंकका संचालक रामजी रेग्मीले गरेका छन् । कार्यक्रममा रेग्मीले ज्योति विकास बैंकले हाम्रो विकास बैंकलाई प्राप्ती गरेपछि झनै बलियो भएको र बैंकिङ्ग सेवा अझ विस्तारित हुने जानकारी दिए ।
त्यसैगरी ज्योति विकास बैंकका अध्यक्ष हरिचन्द्र खड्काले जिम्मेवारी बढेको बताउँदै अझ विस्तारित सेवा प्रदान गर्न प्रतिवद्ध रहेको जानकारी दिए । त्यसैगरी, ज्योति विकास बैंकका प्रमूख कार्यकारी अधिकृत(सीईओ) मनोजकुमार ज्ञवालीले एकिकृत कारोबार पश्चात् ज्योति विकास बैंक राष्ट्रियस्तरको बैंकहरुमा चुक्ता पुँजीको हिसावले सबैभन्दा ठुलो विकास बैंक भएको बताएका छन् । विकास बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड रुपैयाँ पुगेको छ । निक्षेप २६ अर्ब ३८ करोड र कर्जा २३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
ग्राहक संख्या २ लाख ४० हजारभन्दा बढि पुगेको ज्योति विकास बैंकले सो अवसरमा नुवाकोटको बट्टार बजारमा नयाँ एटिएम समेत संचालनमा ल्याएको छ ।
प्रतिकृया दिनुहॊस