हिगुएनले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

काठमाडाैँ । अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका स्टार फवार्ड गोन्जालो हिगुएनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन्। अर्जेन्टिनी टिममा पछिल्लो समय स्थान बनाउन असफल हुँदै आएका हिगुएन अब क्लब फुटबलमा नै केन्द्रित हुने भएका छन्। चेल्सीबाट व्यावसायिक फुटबल खेल्दै आएका ३१ वर्षीय हिगुएनले सन्यास लिने क्रममा पनि अब आफू क्लब फुटबलमा नै केन्द्रित हुने बताए। हिगुएन यसै जनवरीमा युभेन्टसबाट लोनमा चेल्सी पुगका हुन्।

उनले राष्ट्रिय टोलीबाट ७५ खेल खेल्दै ३१ गोल गरेका छन्। तर सन् २०१८ को फिफा विश्वकपपछि उनले टोलीमा स्थान बनाउन सकेका थिएनन्। ‘ म केही समय परिवार र विशेषगरी छोरीसँग बिताउन चाहन्छु। मैले राष्ट्रको लागि गर्न सक्ने योगदान गरिसके जस्तो लागेको छ’,हिगुएनले सन्यास घोषणा गर्दै भने, ‘मेरो ध्यान अहिले पूर्णरूपमा चेल्सीप्रति केन्द्रित छ। प्रिमियर लिग साँच्चै नै रमाइलो छ। म यो प्रतिस्पर्धात्मक लिगमा केन्द्रित हुन चाहन्छु।’ राष्ट्रिय टोलीबाट खेल्दा हिगुएनले तीन महत्त्वपूर्ण प्रतियोगिताको फाइनल खेलेका थिए। उनले सन् २०१४ को विश्वकप फुटबल तथा सन् २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा प्रतिस्पर्धा गरे।

हिगुएन सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीविरुद्ध नियमित ९० मिनेट समयमा गोल गर्ने अवसर चुकाउँदा अर्जेन्टिना जितबाट वञ्चित भएको भन्दै उनको आलोचना हुने गरेको छ। त्यसपछि सन् २०१५ को कोपा अमेरिका फाइनलमा पनि नियमित समयमा गोल गर्ने अवसर चुकाएका हिगुएनले टाइब्रेकरमा पनि पेनाल्टी चुकाएका थिए। उनले आफ्नो आलोचना गर्नेहरूलाई पनि जवाफ दिने प्रयास गरे। हिगुएनले भने ‘सबैले मैले गरेको गल्ती देख्दा सफलता भने बिर्सन खोज्छन्।

मलाई लाग्छ सबैले सन् २०१४ विश्वकपको क्वार्टरफाइनलमा बेल्जियम विरुद्ध गोल हेर्नुभयो होला,’ उनले थपे, ‘जब कसैको आलोचना हुन्छ, त्यसले खेलाडीसँगै उसको परिवारलाई पनि असर गर्छ । मैले राष्ट्रिय टोलीका लागि सक्दो प्रयास गरे। हामीले उपाधि जित्ने लक्ष्य हासिल गर्न सकेनौँ, तर यसको मतलब हामी सफल नभएको भन्न मिल्दैन।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस

This will auto close after