अब दाङ–काठमाण्डाै दैनिक दुईपटक उडान

दाङ । तुलसीपुर – काठमाडौ हवाई उडान दैनिक दुईपटक हुने भएको छ । यात्रुको चापका कारण नेपाल एयरलाइन्सको विमानले दैनिक २ वटा उडान भर्ने कमर्सियल डाइरेक्टर टंकनिधि दाहालले जानकारी दिए ।

दाहालका अनुसार चैत १८ गते सोमबारदेखि दिनमा दुईपटक हवाइ सेवा सञ्चालन हुने भएको हो । गएको असोज २७ गतेदेखि सातामा २ उडान भर्दै आएको वायुसेवा निगमको विमानले पुसदेखि दैनिक हवाइसेवा सञ्चालन गर्दै आएको थियो ।

लामो समयदेखि बन्द अवस्थामा रहेको विमान सेवा अहिले दैनिक सञ्चालनमा आउन थालेपछि यहाँका स्थानीयलाई काठमाण्डाै आवत–जावत गर्न सजिलो भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय विपद् कार्यकारी समितिको निर्णय- खोज तथा उद्धारमा तीव्रता, राहत वितरण प्रभावकारी बनाइने

काठमाडौं । नेपालमा मनसुनजन्य विपद्का कारण प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार अभियानलाई तिव्रता दिने निर्णय गरिएको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस