सिद्धार्थ बैंकको नयाँ शाखा पुतलीसडकमा

काठमाडौं । सिद्धार्थ बैंकले राजधानीको पुतलीसडकस्थित शेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले उक्त एक्स्टेन्सन् काउन्टर मार्फत् सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी दिएको छ ।

सिद्रार्थ बैंक नेपाल स्टक एकसचेञ्जको क्लियरिङ एण्ड सेटलमेन्ट बैंक हो । सिडिएस र क्लियरिङकोे कार्यालय पनि यहि भवनमा रहेकोले यो शाखाको स्थापनापछि सेयर कारोबार गर्ने ग्राहकहरुलाई कारोबार गर्न सहज र सरल हुनेमा बैंक वताउँछ । हालै बैंकले शेयर कारोबार सहज र सरल बनाउन सिद्घार्थ मेरो शेयर खाता पनि सञ्चालनमा ल्याइसकेको छ ।
यस एक्स्टेन्सन् काउन्टर सहित बैंकले हाल देशभर रहेका ७७ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९८ एटिएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पिओस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस