हुम्लामा हिमपात, एसइईका परीक्षार्थीलाई समस्या

हुम्ला । हुम्लामा चैतको दोस्रो साता पुनः हिमपात भएको छ। हिमपात हुँदा एसइईका परीक्षार्थीलाई समस्या भएको छ।  हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या बनाउने भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए।

सोमबार दिनभरि पानी परेको थियो भने मंगलबार बिहानदेखि हिमपात सुरु भएको छ।  एसइई परीक्षा चैत १० देखि सुरु भएको हो। हिमपातसँगै चिसो बढेकले परीक्षार्थीलाई लेख्न समस्या भएको छ। जिल्लाको बेँसीतिर पानी परिरहेको छ।

उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।  हिमपात भएसँगै तापक्रम माइनसमा झरेको छ। यस वर्षको एसइईमा जिल्लाबाट ९५३ जना विद्यार्थी परीक्षामा नियमित सहभागी छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds