दाङ र बर्दियामा मुक्तिनाथको शाखा बिस्तार

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरियामा शाखा कार्यालय विस्तार गरेको छ ।

घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरे । सो अवसरमा प्रमुख अतिथि चौधरीले मुक्तिनाथ विकास बैंकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पुर्याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

त्यसैगरी गुलरिया शाखाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका हुन् । सो अवसरमा प्रमुख अतिथि यादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नु पर्नेमा जोड दिए ।

शाखा कार्यालयहरुको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा बैंकले पायो आईएसओ प्रमाणपत्र

काठमाडौं । सानिमा बैंकले आईएसओ २७००१ः०२२ प्रमाणपत्र प्राप्त गरेको छ। सूचना प्रविधि र सूचना प्रविधि …

प्रतिकृया दिनुहॊस