धितोपत्र बोर्डमा शेयर लगानीकर्ताले लगाए ताला

काठमाडौँ । पूँजी बजार सुधार तथा बिस्तार गर्नु पर्ने माग गर्दै आएको शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा तालबन्दी गरेको छ ।

केही समयदेखि ३२ दबाबमुलक कार्यक्रम गर्दै आएको समूहले आइतबार बिहान ३२ बुँदे मागसहित ललितपुरको जावलाखेलमा रहेको धितोपत्र बोर्डको कार्यालयमा तालाबन्धी गरेको हो ।

दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डले पूँजी बजारको सुधार तथा बिस्तारमा चासो नदिएकाले तालाबन्दी गर्नु परेको बताएको छ ।

उनीहरु अहिले बोर्डकै परिषरमा धर्नामा बसेका छन् । दबाब समूहले शनिबार आफ्ना मागसहितको पत्र बुझाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री