गुराँस लाइफको ५० प्रतिशतका दरले २९ लाख ७० हजार कित्ता हकप्रद निष्कासन, चैत २८ देखि आवेदन खुला

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही चैत २८ देखि जेठ १ गतेभित्रसम्मको समय सीमा तय गरेर हकप्रद निष्कासन गर्ने भएको छ ।

यो बीमा कम्पनीले प्रति शेयर एक सय रुपैयाँका दरले २९ लाख ७० हजार कित्ता शकप्रद शेयरको निष्कासन गरेको छ । यसले कम्पनीको ५९ करोड ४० लाखको चुक्ता पुँजीलाई २९ करोड ७० लाख रुपैयाँले बढाउने गरी हकप्रद जारी गरेको हो ।

यसले दुई शेयर बराबर नयाँ एक शेयर अर्थात २ः१ को अनुपातमा हकप्रद जारी गरेको हो । यो बीमा कम्पनीको हकप्रद शेयर गर्दा गर्त यही चैत ५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कारोबार भएका शेयरधनीले मात्रै पाउने भएका छन् ।

यसको शेयरले लागि धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड हो । यो बीमा कम्पनीको प्रति कित्ता शेयर बजारमा पछिल्लो समय प्रतिकित्ता ५१० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

काठमाडौँ – नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८० भाद्र महिनामा संचालन …

प्रतिकृया दिनुहॊस