महालक्ष्मी बैंकद्वारा निःशुल्क दन्त परीक्षण

भैरहवा । महालक्ष्मी विकास बैंक, ठुटेपिपल भैरहवा शाखाले शनिवार निःशुल्क दन्त परीक्षण कार्यक्रम गरेको छ । बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ठुटेपिपल बजारमा निःशुल्क दन्त परीक्षण सेवा उपलब्ध गराएको बैंकका शाखा प्रबन्धक प्रवीण अमात्यले बताए ।

नेपाल डेन्टल एशोसिएशन रूपन्देहीको प्राविधिक सहयोगमा आयोजना गरिएको शिविरमा ओमसतिया गाउँपालिका–१, २ र ३ तथा सियारी गाउँपालिका–१का सर्वसाधारणले सेवा लिएका थिए । शिविरमा आएका जटिल प्रकृतिका बिरामीलाई युनिभर्सल मेडिकल कलेज भैरहवा रिफर गरिएको र उनीहरूलाई उपचारमा केही छूटको व्यवस्था समेत गरिएको बैंकले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न मिल्ने

काठमाडौँ । सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रा.लि.सँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका …

प्रतिकृया दिनुहॊस