मस्रेक बैंक दुबईद्वारा सहयोग

काठमाडौं  ।  दुबईमा मुख्य कार्यालय रहेको मस्सेक बैंकले ललितपुरको गोदावरीस्थित श्रीकृष्ण आधारभूत विद्यालयमा करिब १० लाखबराबरका विविध शैक्षिक एवं विद्यालयको स्तरोन्नतिका लागि आवश्यक अन्य सामाग्री प्रदान गरेको छ ।

मस्रेक बैंककी नेपाल प्रमुख हेमा अधिरकारीले विद्यालयलाई एक थान ल्यापटप, एक थान कम्प्युटर, एक थान थ्री इन वान प्रिन्टर, स्क्यानर, फोटोकपी मेसिन, एक थान प्रोजेक्टर र एक वर्षका लागि इन्टरनेट कनेक्सन प्रदान गरेकी हुन् ।

बैंकले एक वर्षका लागि हुने गरी विद्यालयका सबै विद्यार्थीका लागि दुईदुई जोर जुत्ता, स्कुल ड्रेस, कापी, कलप, पेन्सिल, इरेजर, कटर र जोमेट्री बक्स प्रदान गरेको छ । बैंकले सहयोग गरेको भौतिक सामग्रीको सदुपयोग सो विद्यालयका शिक्षकले आफ्नो शिक्षणसम्बन्धी ज्ञान बढाउन, नयाँनयाँ पाठ्य सामग्री प्राप्त गर्न र विद्यार्थीलाई थप प्रभावकारी ज्ञान प्रदान गर्र्न सहयोग पुग्ने विश्वास आफूले लिएको अधिकारीले बताइन् ।

मस्रेक बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व सीएसआर कार्यक्रममा बालबालिका शिक्षालाई जोड दिएर मस्रेक फ्युचर जेनरेसन भन्ने अभियान सञ्चालन गर्दै आएको छ ।

मस्रेक बैंक दुबईमा कार्यालय रहेको यूएईको सबैभन्दा ठूलो र एवं पुरानो बंैक रहेको नेपाल प्रमुख अधिकारीले जानकारी दिइन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस