hatya/इन्द्रजात्रा हेर्न गएका ओखलढुङ्गाका किशोरको न्युरोडमा हत्या

खुुकुरी प्रहार गरी श्रीमतीको हत्या

सर्लाही ।  सर्लाहीको बरहथवा – ५  मा श्रीमानले धारिलो खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

स्थानीय रामेश्वर सिग्देलको घरमा कोठा भाडामा लिएर बसेका उदयपुर सुरुङगाका ३० वर्षीय रामजी विश्वकर्माले ३३ वर्षकी श्रीमती सुनिता विश्वकर्मालाई बिहीबार राति धारिलो खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

विश्वकर्मा बरहथवा बजारमा रहेको एक सुन पसलमा कालिगडको काम गर्दै आइरहेका थिए । हत्या गरेर भाग्दै गरेका उनलाई प्रहरीले राति नै पक्राउ गरेको हो ।

हत्याको बारेमा थप अनुसन्धान भैरहेको सर्लाही प्रहरीले जानएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असईबाट सई बन्न यी १६९ भए सिफारिस (नामसहित)

काठमाडौं । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) मा बढुवा …

प्रतिकृया दिनुहॊस