चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छक्का पन्जा २’को ट्रेलर  सार्वजनिक भएको छ । कासराज आचार्य कार्यकारी निर्माता रहेको यो चलचित्रलाइ दीपाश्री निरौलाले निर्देशन गरेकी   छिन्।

चलचित्रमा दीपकराज गिरी, जीतु नेपाल, केदार घिमिरे, शिवहरि पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।

चलचित्रमा दीपकराज गिरीको पटकथा, विकास आचार्य र सामिप्यराज तिमिल्सिनाको कथा, विपिन मल्लको सम्पादन, दिर्घ गुरुङको छायांकन, रोशन श्रेष्ठको एक्सन, कविराज गहतराजको कोरियोग्राफी छ ।

चलचित्र ‘छक्का पन्जा २ असोज ११ गतेबाट  रिलिज हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप