काठमाडौँ । कामना सेवा विकास बैंकले तीन नयाँ ‘स्वर्णिम सुरक्षित, बैेंङ्कासुरेन्स र रिकरिङ्ग’जस्ता योजनाहरु सार्वजनिक गरेको छ ।
यस योजना अन्र्तगत ग्राहकहरुलाई एक बर्षको लागि निशुल्क भिसा कार्ड, इन्टरनेट बैकिगं तथा मोवाईकल बैकिगं सुविधा पनि रहेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त खातामा लकर सुविधामा ५० प्रतिशत रहेको छ । बैंकले १ बर्षको लागि लकरमा छुट दिएको छ । साथै ५० प्रतिशत वाईभर र लकर मार्जिनको सुविधा दिएको छ । त्यस्तै बचतको ब्याज दैनिक हिसाव गरिनेछ भने त्रैमासिक रुपमा भुक्तानी गरिनेछ ।
स्वर्णिम सुरक्षित बचत खाता योजनामा बैंकले ७ लाख रुपैयाँसम्मको दुर्घटना बीमा सुविधा दिएको छ भने १ लाख रुपैयाँसम्मको मेडिकल बीमा सुविधा दिएको छ ।
सबैको लागी अझ बढी सहज, सवल, गतिशील र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
प्रतिकृया दिनुहॊस