स्पर्श लघुवित्त र साहारा हस्पिटलबीच सम्झौता

काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था र साहारा हस्पिटल पोखरा वीच छुट सम्बन्धी सम्झौता सम्पन्न भएको छ । वित्तीय संस्थासँग आवद्ध गा्रहक, कर्मचारी, शेयर होल्डर्स र परिवारका सदस्यहरुलाई हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्न सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सजल खड्का र हस्पिटलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा उल्लेख भए अनुसार वित्तीय संस्थासँग आवद्ध गा्राहक सदस्य, कर्मचारी तथा शेयरधनी र तीनीहरुको परिवारलाई हस्पिटलले सम्पूर्ण उपचारहरुमा १५ प्रतिशत र औषधी खरिदमा ५ प्रतिशत छुट दिने भएको छ ।

यस किसिमको सम्झौताले वित्तीय संस्थाका गण्डकी प्रदेशका ११वटा शाखा कार्यालयहरुका ग्रामीण भेगमा बसोवास गर्ने कमजोर आर्थिक अवस्था भएका करिव ८ हजार ग्राहक सदस्य तथा तिनका परीवारलाई राहत मिल्ने र गुणस्तरीय सेवा प्राप्त हुने कुरामा विश्वस्त रहेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस