महालक्ष्मी लाईफद्धारा ३५ जिल्लामा तालिम तथा अन्तरक्रिया

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले कारोवार १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ । नेपालको १९ औं जीवनबीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको छ ।

प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७को २ वटा जिल्लामाअभिकर्ता तालिमतथाबीमाजागरण कार्यक्रम सञ्चालनभएको छ ।  जीवनबीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पुर्याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको हो ।

एक महिनाको यो कार्यक्रममा हालसम्म ६ हजार ३ सयभन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् । कम्पनीले २०७५ चैत्र मसान्त सम्म अधिराज्य भरी अभिकर्ता तालिम र बीमाजागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालनगर्ने कार्यक्रम बनाएको छ ।

कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तयारी गरिरहेको जानकारी गराएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफले २१ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । …

प्रतिकृया दिनुहॊस