नेशनल लाइफले डाक्यो चैत १५ मा साधारणसभा, १३.५ % बोसनपछि चुक्ता पूँजी तीन अर्ब

काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सले चैत १५ गते ३०औं बार्षिक साधारणसभा डाकेको छ। कम्पनीको बुधबार बसेको संचालक समितिको बैंठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १३.५ प्रतिशत बोनस शेयर प्रादान गर्ने घोषणा गरेको छ।

कम्पनीले यसअघि चुक्ता पूँजी एक अर्ब ३२ करोड रुपैयाँको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो। हकप्रद शेयरपछि हालको चुक्ता पूँजी दुई अर्ब ६४ करोड रुपैयाँ रहेको छ। यसै पूँजीमा अघिल्लो आर्थिक वर्षको नाफाबाट लाभांस दिदा कम्पनीको चुक्ता पूँजी तीन अर्ब रुपैयाँ कायम हुनेछ।

कम्पनीले अझै गत आर्थिक वर्षको वार्षिक साधारणसभा गर्न बाँकी छ। एनएफआरएस प्रणाली अनुसार वित्तीय विवरण तयार पार्नु पर्ने तथा एक्चुरियल भ्यालुएसन गर्न ढिला हुने भएकाले बीमा कम्पनीहरुले समयमा वार्षिक साधारणसभा गर्न सकेका छैनन्।

कम्पनीले कर प्रयोजनार्थ एक करोड ८८ लाख रुपैयाँ नगद लाभांस घोषणा गरेको छ। कम्पनीले हकप्रद र बोनस शेयरपछि चुक्ता पूँजी बढेसँगै आफ्नो नियमावलीमा अधिकृत पूँजी ४ अर्ब रुपैयाँ पर्याउने विशेष प्रस्ताव गरेको छ।

कम्पनीको संस्थापक शेयरधनीहरुमा नेपालीहरुको ५२.८५ प्रतिशत रहेको छ भने विदेशीको २.१५ प्रतिशत रहेको छ। विदेशी संस्थापक शेयरधनीहरुको स्वामित्व १० प्रतिशतबाट २.१५ प्रतिशतमा खुम्चिए सँगै ‘क’ र ‘ख’ वर्गका संस्थापकलाई हटाउने भएको छ। यसँगै ‘ख’ वर्गका संस्थापकको प्रतिनिधित्वलाई पनि हटाएर ‘क’ तर्फ रहने व्यवस्था गर्ने भएको छ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ चैत १ गतेदेखि फागुन १५ गतेसम्म बुक क्लोज गर्ने भएको छ। फागुन ३० गतेसम्म कायम शेयरधनीहरुले बोनस शेयर पाउने छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाईफको पुनर्जागरण अभियान

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस