काठमाडाैँ । मुक्तिनाथ विकास बैंकले उदयपुरको कटारीमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले आजको आवश्यकता,विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मूल आशयले श्री माध्यमिक विद्यालय मरुवा, कटारी ४ उदयपुरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग,सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने लगायतका विषयवस्तुका बारेमा जानकारी दिईएको थियो ।
साथै, कार्यक्रममा विद्यार्थीहरुको आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ?भन्ने विषयवस्तु समेत समावेश गरिएको थियो । सो कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
उपस्थित अथितिहरुले मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीहरुमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास गरेकोमा प्रशंसा व्यक्त गरे ।



