आइएमई जनरलको १ लाख २ हजार कित्ता सेयर लिलामि

काठमाडौं ।  आइएमइ जनरल इन्स्योरेन्सले बुधबार देखि १ लाख २ हजार ३६४ कित्ता सेयर लिलामी बिक्रिमा ल्याएको छ ।

कम्पनीले यस अघि बिक्रि नभएको हकप्रद लिलामिमा ल्याएको हो ।  कम्पनीले पुस १७ देखि माघ २१ गतेसम्म हकप्रद खुला गरेको थियो । जसमा एक लाख ७ सय ६६ कित्ता साधारण र एक हजार ५९८ कित्ता संस्थापक गरि कूल एक लाख २ हजार ३६४ कित्ता अवितरित भएको थियो ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल जमल काठमाडौंबाट सयेर लिलामी भर्न पाउनेछन् ।

साथै ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु वीरगञ्ज, हेटैडा, बुटवल, विराटनगर, नेपालगञ्ज, सुर्खेत, धनगढी र पोखरा आवेदन दिन सक्नेछन् । न्यूनतम १०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । न्यूनतम १०० कित्तादेखि माथि सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । फागुन ३० गते सम्म लिलामीमा आवेदन दिने सकिनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप