‘लभ स्टेशन’को ट्रेलरमा यस्तो ‘कलरफूल’ देखियो प्रदिप र जशिताको रोमान्स

काठमाडौं । चैत २२ गतेलाई रिलिज मिति तोकेको ‘लभ स्टेशन’को ट्रेलर रिलिज भएको छ। उज्वल घिमिरे निर्देशित सिनेमाको मंगलबार एक कार्यक्रमकाबीच ट्रेलर रिलिज गरिएको हो। प्रेमकथा बोल्ने सिनेमामा प्रदिप खड्का र जशिता गुरूङ्को प्रमुख भूमिका रहेको छ।

सिनेमामा प्रदीप र जसिताका अलवा रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, रश्मी पाण्डे, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सिरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारको पनि अभिनय छ । काफिया फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता वितरक गोविन्द शाही हुन् ।

लभ स्टेसनमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । सिनेमामा निर्देशक अज्वल घिमिरेको कथा, सुवास सिंह बस्नेतको पटकथा तथा संवाद, आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रको ‘दुःखी आत्मा’ भ्यालेन्टाइन डेमा

काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ले रिलिज डेट लिएको छ । निर्देशक दीपेन्द्र लामाका अनुसार यो …

प्रतिकृया दिनुहॊस