नेपाल इन्फ्रास्ट्रक्चर बैंकले थाल्यो कारोबार

काठमाडौं । सञ्चालन अनुमति पाएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आजबाट औपचारिक कारोबार थाल्दै छ । प्रधानमन्त्री केपि ओलीले बैंकको उद्घाटन गर्ने कार्यक्रम छ ।

२० अर्व रुपैयाँ चुक्ता पुँजीसहित स्थापना भएको बैंकमा १० प्रतिशत सरकारी लगानी छ । बैंकले प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवालीलाई नियुक्त गरिसकेको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई शेयर जारि गर्ने योजना बनाएको छ । २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक शेयर हुने छ ।

बैंकमा सरकारसहित झन्डै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ । बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आईएमई लगायतका समूह आवद्ध भएका छन् । बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको समेत शेयर रहनेछ ।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी यो बैंक स्थापनाका लागि नेपालको निजी क्षेत्र तीन वर्ष अघिदेखि गृहकार्यमा थियो । बैंकले स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गरि ऋण लिने, डिवेञ्चर जारी गरि स्रोत परिचालन गर्ने, लिजिङ कारोबार गर्ने लगायतका काम गर्ने जनाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री