सर्वसाधारणलाई सेयर बाँड्दै एनसेल

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ। कम्पनी एन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहर पब्लिकमा जानुपर्ने भएकाले त्यसैअनुसार तयारी भइरहको कम्पनीले जनाएको छ।

‘हाम्रो तर्फबाट हुनुपर्ने कम्पनीलगायतका तयारी पूरा भइसकेको छ।’ नाम उल्लेख नगर्ने सर्तमा कम्पनीका एक अधिकारीले भने, छिट्टै कम्पनी रजिस्टारको कार्यालयमा पब्लिक कम्पनीका रुपमा दर्ता गराउँदछौं। उनका अनुसार दूरसञ्चार ऐन २०६३ मा पनि संशोधन प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कतिपय विषयमा भने कम्पनीले निर्णय गर्न सकेको छैन् । कानुनमा व्यवस्था भएअनुसार वैशाखभित्र पब्लिक कम्पनीका रुपमा दर्ता हुन्छौं। पब्लिक कम्पनीमा रुपान्तरण भएपछि एनसेलले सर्वसाधारणलाई शेयर जारी गर्नुपर्छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस