पोखरामा सनराइज बैंकको नयाँ शाखा

काठमाडौं । सनराइज बैंकले आफ्नो १०३औँ शाखा कास्की जिल्लाको पोखरा महानगरपालिका –०१, बगरमा उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, गण्डकी प्रदेशका मन्त्री विकास लम्सालले गरेका हुन् ।

उक्त समरोहमा बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेड र ई. शैलेन्द्र गुरागाईँ, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, नायव महा प्रबन्धक अपछकुमार यादव लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती रहेको थियो । उक्त शाखाको स्थापनाबाट बैंकले आफ्ना ग्राहकहरुलाई थप विस्तारित, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्धेश्यले बैंकले १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा ३ वटा एक्सटेन्सन काउण्टर, ११६ वटा एटिएम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds