सिभिल बैंकद्वारा नेपाल आँखा अस्पताललाई टिभी प्रदान

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज एक कार्यक्रमबीच नेपाल आँखा अस्पताललाई एक थान टिभी प्रदान गरेको छ ।

उक्त टिभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरियो ।

नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको विरामी प्रतिक्षालयमा सो टिभी जडान गरीने अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री