काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँको नयाँ नोट पनि चलनचल्तिमा ल्याएको छ । हालको नोटमा रहेको तलेजु भवानीको मन्दिरको चित्र नयाँ नोटमा छैन् । यसको सट्टामा भूकम्पअघिको काष्ठमण्डप मन्दिरको चित्र रहेको छ । त्यस्तै, सगरमाथाको चित्रमा हुम्लाको लिमि क्षेत्रको हिमाल र याकहरुको सट्टामा वन्य याक राखिएको छ ।
तपाईंको प्रतिकृया




