काठमाडौं । काठमाडौंको बरमहलको टेलिकम भवनबाट खसेर एक कर्मचारीको मृत्यु भएको छ । आइतबार भवनको टावरमा काम गर्दैगर्दा चिप्लिए ३३ वर्षीय वसन्तलाल राठौरको मृत्यु भएको हो । राठौरको मृत्यु भएको घटनाको छानबिन भइरहेको प्रहरीले जनाएको छ । मृतक राठौर टेलिकमको आउट सोर्सिङ कम्पनीका कर्मचारी हुन् ।
तपाईंको प्रतिकृया




